काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको वित्तीय सूचकमा सुधार देखिएको छ । पछिल्लो एक वर्षमा निगमले वित्तीय सुधार गरी थप जहाज खरिदको तयारी थालेको जनाएको छ । संस्थाको व्यापार विस्तार तथा नगद प्रवाहमा थप सुधार ल्याउन अन्तर्राष्ट्रिय गन्तव्य विस्तारमा लागेको निगमले आन्तरिक उडानमार्फत समेत आम्दानी बढाउन नयाँ जहाज खरिदको प्रक्रिया अघि बढाएको छ ।
निगमले अन्तर्राष्ट्रिय उडानका लागि किनेका न्यारोबडी र वाइडबडी जहाजका लागि लिएको ऋण दायित्वको किस्ताबापत कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई ५३ करोड नौ लाख ५५ हजार २८१ रुपियाँ भुक्तानी गरेको छ । त्यसअघि असारमा एक अर्ब ३५ करोड रुपियाँ, असोजमा ७३ करोड नौ लाख ५५ हजार रुपियाँ र पुसमा ३३ करोड नौ लाख ५५ हजार रुपियाँ भुक्तानी गरेको थियो ।
निगमका सहायक प्रवक्ता गणेश घिमिरेका अनुसार जहाज खरिदका लागि लिएको ऋणको सावाँ र ब्याजमा मात्रै पछिल्लो एक वर्षमा करिब तीन अर्ब रुपियाँ भुक्तानी गरेको निगमले थप आम्दानी बढाएर ऋण चुक्ता गर्न प्रादेशिक रूपमा हवाई कनेक्टिभिटी बढाउने योजनासहित जहाज थप्न लागेको हो ।
काठमाडौँबाट सिङ्गापुर–अस्ट्रेलिया, दक्षिण कोरिया उडानका लागि समेत प्रव्रिmया चलिरहेको जनाउँदै उनले आफ्नै आन्तरिक स्रोतबाट सहरी क्षेत्रका विमानस्थलमा उडान भर्न सक्ने दुई वटा र दुर्गम क्षेत्रमा उडान विस्तार गर्न तीन वटा जहाज थप्ने कार्य योजनासमेत अघि बढेको बताए । निगमले अस्ट्रेलिया उडानको प्रव्रिmयासमेत अन्तिम चरणमा पुगेको जनाएको छ ।
अस्ट्रेलियाको नियमन निकायबाट अवतरणलगायतका आवश्यक अनुमति आएसँगै निगमले काठमाडौँ–सिङ्गापुर हुँदै सिड्नीस्थित किङ्सफोर्ड अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सञ्चालन हुने छ । निगमले अस्ट्रेलिया उडानका लागि आवश्यक पर्ने भूमिस्थ प्रबन्ध, लजिस्टिक, क्याटरिङलगायतका सेवाका लागि टेन्डरसमेत आह्वान गरिसकेको छ ।
सन् २०१९ मा क्यानडामा भएको नेपाल र अस्ट्रेलियाबिचको हवाई सम्झौताअनुसार नेपालले अस्ट्रेलियामा दैनिक एक उडान गर्न सक्नेछ । हाललाई वाइडबडी एयरबस–३३० बाट सातामा तीन वटा उडान गर्ने तयारी गरिरहेको निगमले विभिन्न देशमा भइरहेका उडान अनुभवका आधारमा थप उडान विस्तार गर्दै जाने योजना बनाएको छ । निगमले कोरिया उडानको प्रक्रियासमेत सँगसँगै अगाडि बढिरहेको जनाएको छ । यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन सवारी नियम उलङ्घन गर्ने ३३६ सवारीसाधनलाई कारबाही गरिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार गएको...
काठमाडौं । जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलन क्षमता अभिवृद्धिका लागि नेपालले प्रस्ताव गरेका तीनवटा परियोजनाका अवधारणापत्र अनुकूलन कोषको ४७औँ बोर्ड बैठकबाट स्वीकृत भएका...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अमेरिकाले ‘एपिक फ्युरी’जस्तै अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन् । यद्यपि, उनले दुवै...
काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा हालै घटेका अकल्पनीय प्राकृतिक विपद्का घटनाले नेपालमा जलवायुको असरको अवस्थालाई पुनः उजागर गरेको बताएकी छन्। चाइना इन्स्टिच्युट अफ इन्टरनेसनल स्टडिजद्वारा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend