Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मन्त्री भूसालले ककनीका स्ट्रवरी किसानका गुनासा सुने, समस्या समाधान गर्ने प्रतिबद्धता जनाए


    बिहिबार, जेष्ठ ४ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • ४ मिनेट पाठ
  • ाठमाडौँ । नुवाकोटको ककनीका स्ट्रवरी उत्पादक किसानहरुले कृषि तथा पशुपंक्षी विकास मन्त्री बेदुराम भूसालसँग आफ्ना गुनासा राखेका छन् । बुधबार नेकपा (एकीकृत समाजवादी) नुवाकोटको नेतृत्वमा गएका किसानहरुले स्ट्रवरी खेती गर्नेहरुका समस्याका बारेमा मन्त्री भूसालसँग छलफल गरेका थिए ।

    स्ट्रबरी खेती गर्ने किसान र मन्त्रीबीच करिब एक घण्टा भेटघाट तथा छलफल भएको थियो । ककनीमा विगत ३० बर्षदेखि स्थानीय किसानहरुले स्ट्रवरी खेती गर्दै आइरहेका छन् । ककनी नेपालको एकमात्र स्ट्रबरी खेती गर्ने ठाउँका रुपमा चिनिन्छ । करीब ५ सय घरधुरीले प्रत्यक्ष रोजगार पाएको उक्त खेतीमा वर्षेनी करोडौं लगानी हुने गरेको छ भने बजारीकरणको अभाव र उचित मुल्य नपाउँदा बर्षेनी लगानी जोखिममा पर्ने गरेको छ ।

    सबैभन्दा उत्कृष्ट स्ट्रवरी उत्पादन हुने उक्त क्षेत्रलाई विगतमा स्ट्रवरी पकेट क्षेत्रको रुपमा सरकारले विभिन्न सुविधा दिएको भएता पनि विगत १० वर्षदेखि पकेट क्षेत्र हटाइएको छ । जसका कारण सरकारले दिने प्राविधिक सहयोग तथा अनुदानबाट कृषक बञ्चित हुनुका साथै स्ट्रवरीले बजार नपाएर बारीमै कुहिने स्थिति आएको छ । हाल बालाजुबाट ककनी हुँदै नुवाकोट जाने पासाङल्हामु राजमार्ग निर्माण सम्पन्न नभई अलपत्र परेकोले हुँदा स्ट्रवरीलाई बजारसम्म लैजान अझै कठिन भएको कुरा किसानका प्रतिनिधि शिवकुमार लामाले मन्त्रीलाई जानकारी गराएका थिए ।

    प्रतिनिधिमण्डलमा रहेका किसान तेजबहादुर लामाले समयमा मल किन्न नपाइने र पाए पनि महंगोमा मल किन्नुपर्ने, बिरुवाहरु सहज रुपमा नपाइने, टनेल निर्माण गरी उत्पादन गर्न नसक्दा असिना पानीले नष्ट गर्ने, बल्ल तल्ल हुर्काएको स्ट्रपनिस भण्डारणको अभावमा बजारमा पुग्नु पहिले नै कुहिने समस्या किसानहरुले भोग्नुपरेको बताए । किसान रुपा लामाले ककनीको बाटो र स्ट्रवरी खेतीको प्रवद्र्धनको विषय ककनीको जनताको उन्नतिसँग जोडिएको विषय भएको हुँदा सोको तत्काल सम्बोधन हुनुपर्ने बताए ।

    कृषिमन्त्री बेदुराम भूसालले स्ट्रवरी खेतीको लागि चाहिने प्राविधिक सहयोग, सरकारी अनुदानको आवश्यकता, पकेट क्षेत्र घोषणा, मलको सहजता, कृषि एम्बुलेन्सको संचालन लगायतका विषयमा आफूले सक्दो पहल गर्ने र सोका लागि परे किसानको प्रतिनिधि समेत समावेश भएको कार्यदल बनाई आवश्यक नीति तय गर्ने प्रतिवद्धता जनाएका थिए । मलको सहजता लागि प्रत्येक जिल्लाबाट कृषियोग्य जमिनको तथ्यांक नै गलत ढंगले आउने गरेको हुँदा मलको आयात कृषियोग्य जमिनको तथ्यांकमा भर पर्ने बताए ।

    यस बर्षको लागि पाँच लाख बोरा मल आयात गर्ने तयारी रहेको र सो मल कृषि क्षेत्रमा मात्र प्रयोग हुँदा पर्याप्त हुने तर प्लाइउड कारखाना तथा माछापालकहरुले समेत प्रयोग गरिदिने हुँदा खेतबारीमा हाल्ने मल अपुग हुन जान्छ भन्ने जानकारी गराए । सरकारले ८५ प्रतिशत अनुदानमा ल्याएको मल अन्यत्र प्रयोग हुँदा समस्या आउने गरेको र सरकारले यसको नियमनको लागि आवश्यक कार्य गर्ने तयारी गरेको बताए ।

    नुवाकोट जिल्लाका पूर्वसांसद तथा नेकपा (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्य राजेन्द्रप्रकाश लोहनी, केन्द्रीय निर्वाचन आयोगका सदस्य अधिवक्ता बसन्त बस्ने, विदुर नगरपालिकाका पूर्व जनप्रतिनिधि तथा प्रदेश सदस्य राजु सडौला, सम्पर्क मञ्चका अध्यक्ष राजु कँडेल, जिल्ला नेताहरु राममणि अधिकारी र प्रकाश नेपाल, नारायण गुरुङ लगायतका नेताहरु उक्त छलफलमा सहभागी थिए । यस अघि अवरुद्ध भइरहेको ककनी हुने नुवाकोट तथा केरुङ जाने पासाङल्हामु राजमार्ग तत्काल निर्माणको लागि पहल गर्न भौतिक योजना मन्त्री प्रकाश ज्वालालाई समेत नुवाकोटको एकीकृत समाजवादी पार्टीले अनुरोध गरिसकेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार