Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • हेटौंडामा बोलेरोको ठक्करबाट बालकको मृत्यु 


    बुधबार, जेष्ठ ३ २०८०
    2.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । मकवानपुरको हेटौंडामा बोलेरोको ठक्करबाट एक जनाको ज्यान गएको छ । हेटौँडा – ११ नमुनाचोक बस्ने सुमी डिङ्डुङका दुई वर्षीय छोरा समर लोको आज मृत्यु भएको हो ।

    उनलाई हेटौँडा-११ सिमलटारबाट हेटौँडा बजारतर्फ आउँदै गरेको बागमती प्रदेश-०३-००१ च १५९७ नम्बरको बोलेरो पिक–अप गाडीले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

    पिकपको ठक्करबाट घाइते भएका लोको उपचारको क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार