Nepal Face
  • आइतबार, १० साउन २०८३
  • डिजेलको मूल्य घटेसँगै घट्यो लामो दूरीको सवारी भाडा


    बुधबार, जेष्ठ ३ २०८०
    1.4K
    Shares
    A view of a traffic jam on a road, in Kathmandu, on Monday, November 21, 2016. Photo: THT
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। लामो दूरीको सवारी भाडा घटेको छ। सरकारले इन्धनको मूल्य घटेसँगै लामो दूरीको सवारी भाडा घटाएको हो।

    नेपाल आयल निगमले हिजो मंगलबार राति १२ बजेबाट लागु हुनेगरी डिजेलको मूल्य प्रतिलिटर १७ रूपैयाँ घटाइएको थियो ।

    डिजेलको मूल्य घटाएपछि स्वचालित प्रणालीबाट मूल्य समायोजन भएको हो । यससँगै यात्रुवाहक सवारीमा ३ दशमलव २० प्रतिशतले घटेको छ ।

    त्यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको ४ दशमलव १९ प्रतिशतले भाडा घटेको छ ।

    तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भने ४ दशमलव ६५ प्रतिशतले भाडा घटेको बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार