Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • डिजेल र मट्टीतेलको भाउ घट्यो, कति पुग्यो ?


    मंगलबार, जेष्ठ २ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको भाउ घटाएको छ । निगमले आज दुवैमा प्रतिलिटर १० रुपैयाँले घटाएको हो ।

    घटेको मूल्य अनुसार डिजेल र मट्टीतेलको प्रतिलिटर उपभोक्ता मूल्य १५५ रूपैयाँ तोकिएको छ । यसअघि १६५ रूपैयाँ प्रतिलिटरमा डिजेल र मट्टीतेल बिक्री हुँदै आएको थियो ।

    निगमले पेट्रोल, हवाई इन्धन र खाना पकाउने ग्याँसको भाउ भने यथावत राखेको छ । आज बिहान मात्रै भारतबाट पेट्रोलियम पदार्थको भाउ घटेर आएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार