काठमाडौं । देशले मुलुकका विशिष्ट पदाधिकारीलाई महँगो मूल्य तिरेर पाल्ने गरेको छ । देश र जनता जस्तोसुकै अवस्थामा भए पनि तिनका निम्ति तलबभत्ता मात्र होइन, भौतिक सुविधाका सामानको व्यवस्था पनि गर्नुपर्छ ।
विशिष्ट पदाधिकारीहरू सामान्य ब्याट्रीसमेत आफैं किन्दैनन् । तिनका निम्ति खानेपानीको डिस्पेन्सरदेखि घाँस काट्ने मेसिनसम्म राज्यकोषबाट उपलब्ध गराउनुपर्छ । यसरी राज्यबाट सियोदेखि पर्दासम्म लिने विशिष्टले सरकारी निवास छाड्ने बेलामा अधिकांश सामान उठाएर लैजान्छन् । फेरि नयाँ आउने विशिष्ट पदाधिकारीका निम्तिराज्यले पुनः खर्च गर्नुपर्छ ।
राष्ट्रपति, पूर्वराष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष र मन्त्रीको सरकारी निवासमा माग गर्नेबित्तिकै फर्निचर, भान्सा, बिजुली र पूजाका सामान तथा कार्पेट, पर्दा, टेलिभिजन, ल्यापटपलगायतका भौतिक सुविधाका सबै सामान सरकारले उपलब्ध गराउँदै आएको छ । यसका लागि सहरी विकास मन्त्रालयअन्तर्गतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा १० करोड ९५ लाख ५५ हजार रूपैयाँ खर्च गरेको महालेखा परीक्षकको ६०औं प्रतिवेदनमा उल्लेख छ ।
उक्त कार्यालयले बिनामापदण्ड विशिष्ट पदाधिकारीका परिवारका सदस्यहरूले माग गर्नेबित्तिकै हरेक सामान उपलब्ध गराउँछ । व्यवस्थापन कार्यालयले मापदण्ड तयार गरी २०७१ वैशाख २५ गते सहरी विकास मन्त्रालयमा पेस गरेको थियो । तर मापदण्ड पास नहुँदा सामानको गुणस्तर, परिमाण तथा खर्चमा एकरूपता हुन नसकेको प्रतिवेदनमा जनाइएको छ ।आजको नागरिक दैनिकमा समाचार छ ।
काठमाडौं । शुक्रबार एकैदिन सुनको भाउ तोलामा ५ हजार ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला...
काठमाडौं। नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। बुधबार सुन प्रतितोला ५ हजार ४०० र चाँदी प्रतितोला ११० रुपैयाँले बढेको हो। नेपाल...
काठमाडौं। सरकारले अब हरेक दिन कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै छ। मूल्य अभिवृद्धि कर ९भ्याट० र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध भएका...
काठमाडौं । सुन्दा कथा जस्तो लाग्ने तर, सत्य घट्ना अहिले सतहमा आएको छ । संघीय सरकारको स्वामित्वमा रहेको ६ सय शैयाको भरतपुर अस्पतालको नाममा...
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि छलफल सुरु गरेका छन् । भर्खरै अर्थ मन्त्रालयको सुवर्ण हलमा बजेट...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend