काठमाडौं। आज साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ।
आइतबार नेप्से सुचकमा १६.९६ अंकले ओरालो लागि १८२१.६४ विन्दुमा आएर रोकिएको छ।
यता ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकमा ३.५२ अंकले घटेर ३४९.५८ विन्दुमा पुगेको छ। आज नेप्से सुचकको ४० कम्पनीमा वृद्धि भएको छ । १६९ कम्पनीमा ओरालो लागेको छ भने ९ कम्पनी स्थिर रहेको छ ।
यसअघि बिहीबार नेप्से सुचकमा ३.३४ अंकले ओरालो लागि १८३८.५९ विन्दुमा आएर रोकिएको थियो। आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कूल २६३ कम्पनीको २७ लाख ८८ हजार ८१५ कित्ता सेयर खरिद बिक्री हुँदा ९० करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ।
त्यस्तै, कारोबारको आधारमा सिटिजन इन्भेष्टमेन्ट ट्रस्ट ५ करोड ३७ लाख माथिको कारोबार भएको छ । यसैगरी हिमालय डिस्टिलरी र एनआइसि एशियाको ४ करोडमाथिको कारोबार भएको छ। यता १३ उपसुचकहरु मध्ये इन्भेष्टमेन्ट सुचक १.१३ प्रतिशतले वृद्धि भएको र बाँकी सबैभन्दा उपसुचकहरु घटेको छ ।
आजको कारोबारमा आत्म निर्भर लघुवित्त वित्तिय संस्थाको १० प्रतिशतले सेयर मूल्य बढेको छ।
काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन...
काठमाडौँ। हिजो तोलामा ११ हजार ७ सय रुपैयाँ घटेको सुनको भाउ आज बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ आज सुनको भाउ तोलामा ३ हजार...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
काठमाडौं । दशैं सुरु भएसंगै सुनको भाउ ओरालो लागेको छ। विगत ४ दिनमा सुनको भाउ तोलामा ८ हजार १ सय रुपैयाँ घटेको हो । आइतबार...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले दशैंलगायतका चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई एटीएमबाटै सय रुपैयाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन जारी गरेको छ। राष्ट्र बैंकको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend