काठमाडौं। अमेरिकाको टेक्सास राज्यमा एक व्यक्तिले आफ्नी २६ वर्षीया प्रेमिकाको हत्या गरेका छन् । आफ्नो इच्छा विपरीत गर्भपतन गराएको थाहा पाएपछि उनले प्रेमिकाको गोली हानेर हत्या गरेका हुन् ।
२२ वर्षीय ह्यारोल्ड थम्पसनले स्ट्रिप मलको पार्किङमा ग्याब्रिएला गोन्जालेजलाई गोली हानी हत्या गरेको आरोप लगाइएको छ।
पक्राउ पुर्जीमा जनाइए अनुसार गोन्जालेज कोलोराडोमा लगभग ८०० माइलको यात्रापछि अघिल्लो साँझ फर्केका थिए । कोलोराडोमा गर्भावस्थाको कुनै पनि चरणमा गर्भपतन गर्न अनुमति दिइन्छ । टेक्सासमा मेडिकल इमर्जेन्सी नआएसम्म करिब छ हप्तापछि गर्भपतन गैरकानूनी छ ।
न्युयोर्क पोस्टका अनुसार आरोपितले गोन्जालेजलाई गर्भपतन गराउन चाहेका थिएनन् । प्रहरीका अनुसार पार्किङ स्थलको एक सर्भिलेन्स फुटेजमा, उक्त दम्पती बिहान ७ः३० बजे झगडा गरिरहेको देखिएको छ ।
प्रहरीका अनुसार भाग्नुअघि गोन्जालेजले आफ्नी प्रेमिकालाई गोली हानेपछि उनी भुईँमा लडेकी थिइन् । भुईँमा ढलेकी उनलाई प्रेमी भनिने गोन्जालेजले फेरि दोहोराएर आक्रमण गरेका थिए । न्यूयोर्क पोस्टका अनुसार गोन्जालेजको घटनास्थलमै मृत्यु भएको थियो ।
काठमाडौँ। अमेरिका र इरानबीच फेरि तनाव सुरू भएको छ। अमेरिकाले शनिबार राति इरानमा फेरि भीषण हवाई हमला गरेपछि फेरि तनाव सुरू भएको हो। अमेरिकी केन्द्रीय...
काठमाडौँ। भेनेजुएलामा शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १४ सय नाघेको छ। बुधबार बेलुकी ७.१ र ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी आइतबारसम्म मृत्यु हुनेको संख्या...
काठमाडौँ। भेनेजुएलामा प्रकृतिको डरलाग्दो प्रकोप देखिएको छ । देशमा लगातार आएका दुई अत्यन्त शक्तिशाली भूकम्पले ठूलो विनाश मच्चाएको छ। राजधानी काराकाससहित धेरै क्षेत्रमा बहुमंजिला भवनहरू...
काठमाडौँ । फिलिपिन्सको दक्षिणी टापु मिन्डानाओलाई केन्द्रबिन्दु बनाएर सोमबार बिहान ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण यूएसजीएसका अनुसार भूकम्प सोमबार बिहान स्थानीय...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग हुन सक्ने सम्भावित सम्झौताबारे आफूले चाँडै नै ‘अन्तिम निर्णय’ लिने बताएका छन् । उक्त सम्झौताले युद्धविरामको अवधि लम्ब्याउन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend