Gold Price Today
काठमाडौँ । यो साता सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको छ। गत साताको अन्तिम कारोबार दिनको तुलनामा यो साता एक हजार रुपैयाँले मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएको हो ।
गत साताको अन्तिम कारोबार दिन सुनको मूल्य तोलामा १ लाख ११ हजार ८०० रुपैयाँ कायम थियो । जुन, यो साताको अन्तिम कारोबार दिन अर्थात शुक्रबारसम्म आइपुग्दा १ लाख १० हजार ८०० रुपैयाँ कायम भएको छ । यस्तै, यो साता तेजाबी सुनको मूल्य १ लाख १० हजार २५० रुपैयाँ प्रतितोलामा आएर रोकिएको छ ।
यो साताको आइतबार नै सुनको मूल्य घटेर कारोबार भएको थियो । आइतबार तोलामा एकै दिन १२ सय रुपैयाँले सुनको मूल्य घटेको थियो । यस्तै, सोमबार तोलामा ३०० रुपैयाँले बढेको थियो भने मंगलबार पनि ३०० रुपैयाँले बढेको थियो ।
बुधबार पुनः ४०० बढेर बिहीबार स्थिर कायम भएको सुनको मूल्य शुक्रबार पुनः तोलामा २०० रुपैयाँले बढेर सुनको भाउ रोकिएको हो । यस्तै, यो साता चाँदीको मूल्यमा समेत भारी गिरावट आएको छ ।
गत साताको अन्तिम कारोबार दिन तोलामा १४ सय ४५ रुपैयाँ कायम रहेको चाँदीको मूल्य यो साताको शुक्रबारसम्म आइपुग्दा १३ सय ७५ रुपैयाँ कायम भएको छ । यस अवधिमा यो ७० रुपैयाँ प्रतितोलाको गिरावट हो ।
काठमाडौं । शुक्रबार एकैदिन सुनको भाउ तोलामा ५ हजार ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला...
काठमाडौं। नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। बुधबार सुन प्रतितोला ५ हजार ४०० र चाँदी प्रतितोला ११० रुपैयाँले बढेको हो। नेपाल...
काठमाडौं। सरकारले अब हरेक दिन कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै छ। मूल्य अभिवृद्धि कर ९भ्याट० र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध भएका...
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि छलफल सुरु गरेका छन् । भर्खरै अर्थ मन्त्रालयको सुवर्ण हलमा बजेट...
काठमाडौं । नेपाल आयल निगमले उपभोक्ताहरुलाई भरी सिलिन्डर ग्याँस उपलब्ध गराउने भएको छ । अमेरिका–इरान तनावपछि निगमले २०८२ फागुन २९ गतेदेखि आधा सिलिन्डर (७.१...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend