काठमाडौं। बैंकहरुले आगामी जेठमा निक्षेपको ब्याजदर नघटाएर यथावत् राख्ने भएका छन् । आज बिहीबार बसेको नेपाल बैंकर्स संघको बैठकले जेठ महिनामा वाणिज्य बैंकहरुमा निक्षेपको ब्याजदर स्थिर राख्ने निर्णय गरेको हो ।
बैशाखमा निक्षेपको ब्याजदर घटाएपछि निक्षेपमा सुधार नभएको निश्कर्षसहित जेठमा निक्षेपका ब्याजदर यथावत् राख्ने निर्णय गरिएको एक वाणिज्य बैंकका सीईओले बताएका छन् । ‘यसअघि बैंकहरुमा निक्षेपको ब्याजदर एकल अंकमा झरिसकेको छ । ब्याजदर घटेपछि निक्षेपमा सुधार देखिएन ।’,सीईओले भने, ‘ब्याजदर घटाउँदा निक्षेप तितरबितर हुने जोखिम भएकाले निक्षेपको ब्याजदर यथावत् राख्ने निर्णय भएको हो ।’
हाल वाणिज्य बैंकहरुमा मुद्धती निक्षेपको ब्याजदर ९.९९ प्रतिशत रहेको छ भने संस्थागत मुद्धती निक्षेपको ब्याजदर ७.९९ प्रतिशत छ । त्यस्तै, हाल बैंकहरुमा साधारण बचतको ब्याजदर भने ५.४ प्रतिशतदेखि ७.४ प्रतिशत कायम रहेको छ ।
काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन...
काठमाडौँ। हिजो तोलामा ११ हजार ७ सय रुपैयाँ घटेको सुनको भाउ आज बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ आज सुनको भाउ तोलामा ३ हजार...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
काठमाडौं । दशैं सुरु भएसंगै सुनको भाउ ओरालो लागेको छ। विगत ४ दिनमा सुनको भाउ तोलामा ८ हजार १ सय रुपैयाँ घटेको हो । आइतबार...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले दशैंलगायतका चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई एटीएमबाटै सय रुपैयाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन जारी गरेको छ। राष्ट्र बैंकको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend