Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • पूर्वएसएसपी विष्टको गुनासो : बुढानीलकण्ठकी भाउजुको चाकडी नगर्दा बढुवाबाट बन्चित भए


    बिहिबार, बैशाख २८ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल प्रहरीका अवकाशप्राप्त वरिष्ठ उपरीक्षक (एसएसपी) लव विष्टले आफू पदमा रहँदा तथा प्रहरी संगठनभित्र हुने राजनीतिक हस्तक्षेप र आर्थिक चलखेलका कारण आफू पीडित हुन पुगेको ‘खुलासा’ गरेका छन्।

    विष्टले सामाजिक सञ्जालमा एक पोष्ट लेख्दै आफ्नो प्रहरी सेवाकालको घटना स्मरण गराएका छन्। उनले आफू प्रहरी सेवामा रहँदा २ वटा राजनीतिक आक्रमण भएको विषय सार्वजनिक गरेका छन्। पहिलो आक्रमण २०४७ सालमा भएको उनको दाबी छ।

    २०४७ मा सप्तरीबाट २४ घन्टामा दार्चुला सरूवा गरिएको उनले बताएका छन्। सोझा गाउँलेलाई डांका मुद्दा लगाएर फसाउन नमान्दा त्यतिबेला आफ्नो दार्चुला सरुवा भएको विष्टको भनाइ छ।

    ‘सरुवाको कारण निमुखा गाउँलेहरुलाई फसाउन रचिएको झुटा डांका मुद्दा दर्ता गर्न नमानेको। सरुवा गराउने नेपाली कांग्रेस सप्तरीका नेता राम कुमार चौधरी जो गिरिजाप्रसाद कोइरालाका विश्वासपात्र हुन्,’ विष्टले लेखेका छन्।

    त्यसपछि २०७३ सालमा आफूमाथि आक्रमण भएको उनको भनाइ छ। २०७३ मा एसएसपीबाट डीआईजी बढुवा हुनेबेला ज्येष्ठताका आधारमा आफू पहिलो नम्बरमा रहेको विष्टको दाबी छ। तर, तत्कालीन सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणालाई पैसा बुझाउन नमान्दा आफू बढुवाबाट बञ्चित भएको विष्टले उल्लेख गरेका छन्।

    ‘कार्यसम्पादनमा समेत अव्बल हुँदाहुँदै पनि नोटको बिटोसहित बिमलेन्द्र निधिमार्फत् बुढानीलकण्ठ बस्ने भाउजुलाई चाकडी गर्न मनले नमान्दा बढुवा हुनबाट बञ्चित भइ अवधि नै नपुगी प्रहरी सेवाबाट हट्नु परेको थियो। जय होस् नेपाली कांग्रेसको,’ विष्टले भनेका छन्।

    बढुवामा छुटेपछि विष्ट २०७३ पुस १५ गते एसएसपीको ५ वर्षे पदावधिका कारण अनिवार्य अवकाशमा गएका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार