काठमाडौं । नेपाल प्रहरीका अवकाशप्राप्त वरिष्ठ उपरीक्षक (एसएसपी) लव विष्टले आफू पदमा रहँदा तथा प्रहरी संगठनभित्र हुने राजनीतिक हस्तक्षेप र आर्थिक चलखेलका कारण आफू पीडित हुन पुगेको ‘खुलासा’ गरेका छन्।
विष्टले सामाजिक सञ्जालमा एक पोष्ट लेख्दै आफ्नो प्रहरी सेवाकालको घटना स्मरण गराएका छन्। उनले आफू प्रहरी सेवामा रहँदा २ वटा राजनीतिक आक्रमण भएको विषय सार्वजनिक गरेका छन्। पहिलो आक्रमण २०४७ सालमा भएको उनको दाबी छ।
२०४७ मा सप्तरीबाट २४ घन्टामा दार्चुला सरूवा गरिएको उनले बताएका छन्। सोझा गाउँलेलाई डांका मुद्दा लगाएर फसाउन नमान्दा त्यतिबेला आफ्नो दार्चुला सरुवा भएको विष्टको भनाइ छ।
‘सरुवाको कारण निमुखा गाउँलेहरुलाई फसाउन रचिएको झुटा डांका मुद्दा दर्ता गर्न नमानेको। सरुवा गराउने नेपाली कांग्रेस सप्तरीका नेता राम कुमार चौधरी जो गिरिजाप्रसाद कोइरालाका विश्वासपात्र हुन्,’ विष्टले लेखेका छन्।
त्यसपछि २०७३ सालमा आफूमाथि आक्रमण भएको उनको भनाइ छ। २०७३ मा एसएसपीबाट डीआईजी बढुवा हुनेबेला ज्येष्ठताका आधारमा आफू पहिलो नम्बरमा रहेको विष्टको दाबी छ। तर, तत्कालीन सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणालाई पैसा बुझाउन नमान्दा आफू बढुवाबाट बञ्चित भएको विष्टले उल्लेख गरेका छन्।
‘कार्यसम्पादनमा समेत अव्बल हुँदाहुँदै पनि नोटको बिटोसहित बिमलेन्द्र निधिमार्फत् बुढानीलकण्ठ बस्ने भाउजुलाई चाकडी गर्न मनले नमान्दा बढुवा हुनबाट बञ्चित भइ अवधि नै नपुगी प्रहरी सेवाबाट हट्नु परेको थियो। जय होस् नेपाली कांग्रेसको,’ विष्टले भनेका छन्।
बढुवामा छुटेपछि विष्ट २०७३ पुस १५ गते एसएसपीको ५ वर्षे पदावधिका कारण अनिवार्य अवकाशमा गएका थिए।
काठमाडौं । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले आइतबारदेखि टोल शुल्क तिर्नुपर्ने भएको छ । नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले गत कात्तिक १२ गते सार्वजनिक सूचना जारी...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि सुरु हुँदैछ । आजदेखि सुरु हुने एनपीएलको तेस्रो संस्करणको फाइनल मङ्सिर ५ गते हुने...
काठमाडौं । तोकिएको समयमा काम नगरी विकास निर्माणका काम अलपत्र पार्ने २२ निर्माण ब्यवसायीको ठेक्का तोडिएको छ । डिभिजन सडक कार्यालय चरिकोट, दोलखाले समयमा...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई थुनुवा कक्षमा भेटेबापत सशस्त्र प्रहरी बल नेपालका दोस्रो वरियताका एआइजी बंशी दाहाल निलम्बनमा परेका छन् । उनी एक सातापछि...
जनकपुरधाम । आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै धनुषाको विदेह नगरपालिकामा मेयर पदका सम्भावित आकांक्षीबारे चर्चा सुरु भएको छ । निर्वाचनको औपचारिक प्रक्रिया अघि बढ्न...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend