Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • अनलाइनमा मोबाइल विक्रीको नक्कली विज्ञापन राखी लाखौं ठगी गर्ने युवक पक्राउ


    बुधबार, बैशाख २७ २०८०
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। अनलाइनमा मोबाइल विक्रीको नक्कली विज्ञापन राखी ४ लाख ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीलाई डिल्लीबजारबाट नियन्त्रणमा लिएको हो ।

    पक्राउ पर्नेमा जनकपुरधान उपमहानगरपालिका-४ क्याम्पस चोक घर भई हाल काठमाडौं महानगरपालिका-२९ डिल्लीबजारमा बस्‍दै आएका १९ वर्षीय आदित्य कर्ण हुन् ।

    पक्राउ परेका उनलाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवं कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकुमा पठाइएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार