Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गगन थापाले भने- शरणार्थी प्रकरणमा दह्रोसँग खुट्टा टेके प्रधानमन्त्री प्रचण्डको फिल्म चल्छ


    बुधबार, बैशाख २७ २०८०
    1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउने प्रकरणमा दोषी भेटिएमा नेतादेखि उसका नातासम्मलाई नछाड्न आग्रह गरेका छन्।

    प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै कांग्रेस महामन्त्रीसमेत रहेका सांसद थापाले शरणार्थी प्रकरणमा दोषी एक जनालाई पनि नछाड्न आग्रह गरेका छन्।

    ‘अहिलेसम्म जे भएको छ, म सरकारको प्रशंसा गर्छु। प्रधानमन्त्री र गृहमन्त्रीलाई यो सन्दर्भमा हार्दिक बधाई छ,’ थापाले भने, ‘संलग्न जुनसुकै दल र ओहदाको होस्, कारबाहीको दायरामा ऊ आउनैपर्छ।’

    उनले बजारको हल्ला र कुनै भेटघाटले पनि अनुसन्धान प्रभावित हुन नहुने बताए।

    ‘कुनै दबाबले अनुसन्धान प्रभावित नहोस्। अनुसन्धान फ्रि र फेयर होस्। निर्दोष कोही पनि नपरोस्, तर दोषी छ भने नेता होस् कि नाता होस् एउटा पनि नछुटोस्। यो प्रकरणमा सरकारले दह्रोसँग खुट्टा टेक्यो भने योभन्दा अघि उसले सुशासनको नारा लगाउन सक्छ। तपाईंको फिल्म चल्छ। हाउसफुल हुन्छ नभए हल खाली हुन्छ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार