काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउने प्रकरणमा दोषी भेटिएमा नेतादेखि उसका नातासम्मलाई नछाड्न आग्रह गरेका छन्।
प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै कांग्रेस महामन्त्रीसमेत रहेका सांसद थापाले शरणार्थी प्रकरणमा दोषी एक जनालाई पनि नछाड्न आग्रह गरेका छन्।
‘अहिलेसम्म जे भएको छ, म सरकारको प्रशंसा गर्छु। प्रधानमन्त्री र गृहमन्त्रीलाई यो सन्दर्भमा हार्दिक बधाई छ,’ थापाले भने, ‘संलग्न जुनसुकै दल र ओहदाको होस्, कारबाहीको दायरामा ऊ आउनैपर्छ।’
उनले बजारको हल्ला र कुनै भेटघाटले पनि अनुसन्धान प्रभावित हुन नहुने बताए।
‘कुनै दबाबले अनुसन्धान प्रभावित नहोस्। अनुसन्धान फ्रि र फेयर होस्। निर्दोष कोही पनि नपरोस्, तर दोषी छ भने नेता होस् कि नाता होस् एउटा पनि नछुटोस्। यो प्रकरणमा सरकारले दह्रोसँग खुट्टा टेक्यो भने योभन्दा अघि उसले सुशासनको नारा लगाउन सक्छ। तपाईंको फिल्म चल्छ। हाउसफुल हुन्छ नभए हल खाली हुन्छ।’
काठमाडौँ। विपक्षी दल कांग्रेसका सभापति गगन थापाले सरकार पछिल्लो गतिविधिमाथि प्रश्न उठाउँदै केही सानो समूहले आफैं राज्यको रुपमा प्रस्तुत हुन थालेको बताएका छन् । उनले...
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुलुकको पछिल्लो राजनीतिक, प्रशासनिक तथा आर्थिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै देश ठूलो संकटतर्फ उन्मुख भइरहेको बताएका छन्। आइतबार सामाजिक...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया अघि बढाएको छ । पार्टीले उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ । पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा समसामयिक विषयमा छलफल गर्न बैठक बस्न लागेको रास्वपाका प्रवक्ता...
काठमाडौं । सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन, २०५२ कार्यान्वयन गर्ने क्रममा काठमाडौं महानगरपालिका वडा नं ४,५,८,९,१०,१२...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend