Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु


    बुधबार, बैशाख २७ २०८०
    755
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यकारिणी समितिको बैठक सुरु भएको छ । बालकुमारीस्थित पार्टी कार्यालयमा शुरु भएको बैठकमा विधान अधिवेशन, मन्त्री चयन, मधेस सरकारलगायत अन्य समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

    जसपाका अध्यक्ष उपेन्द्र यादवले उपचुनावमा लागेको कारण तोकिएको समयमा विधान अधिवेशन हुने नदेखिएको कारण त्यसको मिति सार्ने कि नसार्ने विषयमा छलफल हुने बताए । उनले भने, ‘सम्भवत अधिवेशनको मिति सर्छ ।’ विधान अधिवेशन जेठ १ गतेका लागि तय भएको थियो तर तयारी नपुगेको कारण अधिवेशन सर्ने बताइएको छ ।

    त्यस्तै प्रचण्ड नेतृत्वको सरकारमा एक जना मन्त्री पठाउन बाँकी छ त्यसको बारेमा पनि छलफल हुने बताइएको छ । मधेस प्रदेशको सरकारलाई पूर्णता दिने विषयमा पनि बैठकमा छलफल हुने स्रोतले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार