Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लिङ्देनको आक्रोश- भुटानी शरणार्थी प्रकरण अख्तियारलाई बुझाउने गल्ती नहोस्


    बुधबार, बैशाख २७ २०८०
    4.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिलेसम्म भएका कारबाहीबारे संसदलाई जानकारी गराउन माग गर्नुको साथै उक्त ठगी प्रकरणका दोषी जोगाउने काम हुन नहुने बताएका छन् ।

    बुधबार बसेको संसदको दोस्रो बैठकमा विशेष समय लिएर बोल्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले यो राज्य विरुद्धकै अपराध भएको बताए ।

    यसमा पूर्व उपप्रधानमन्त्री, गृहमन्त्रीहरुको नाम जोडिएर आउनु लज्जास्पद भएको उनले बताए ।

    उनले अघि भने, ‘यस्तो जघन्य अपराधमा संलग्न कुनै पनि मानिसलाई छुट दिने त कल्पना नगरौं, कमजोर बनाउने काम सम्म कसैले गर्न हुन्न ।’

    तर पछिल्लो समय प्रहरीले अनुसन्धान नगर्ने हो कि अख्तियारलाई बुझाउने हो कि जस्ता तर्कहरु आउन थालेका भन्दै उनले यस्ता गल्ती नगर्न आग्रह गरेका छन् ।

    प्रहरी अनुसन्धाबारे अनेक आशंका आएको र शीर्ष नेताहरुको बैठकलाई समेत त्यससँग जोडेर हेरिएको उनले बताए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार