Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • संसदमा राप्रपाको नाराबाजी, बैठक १५ मिनेटलाई स्थगित


    बुधबार, बैशाख २७ २०८०
    905
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रतिनिधिसभा बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदले नाराबाजी गरेका छन् । राप्रपाका सांसदहरुले आफूहरुले संसदमा बोल्न नपाएको गुनासो गर्दै अवरोध गरेपछि संसद बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

    आज बैठक सुरु भए लगत्तै राप्रपाका सांसदहरुले उठेर आकस्मिक समय माग गरे ।

    सभामुख देवराज घिमिरेले प्रिबजेट छलफललाई समयमै सक्नुपर्ने भएकाले आकस्म्कि समय नराखिएको बताए ।

    ‘हामी संसदमा बोल्न पाउँदैनौं भने कहाँ गएर बोल्ने ?’ राप्रपाका सांसद दिपक सिंहले प्रश्न गरे ।

    राप्रपा सांसदले पटक पटक समय माग्दा पनि सभामुखले समय नदिएर स‌ंसदको नियमित कामकारबाही अघि बढाउन खोजेपछि अगाडि आएर नाराबाजी गरेका छन् ।

    संसदमा राप्रपाको अवरोध जारी रहेका कारण बैठक अघि बढ्न न सकेको हो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार