Nepal Face
  • आइतबार, १० साउन २०८३
  • यौन दुर्व्यवहार सम्बन्धी मुद्दामा ट्रम्प दोषी ठहर, ५० लाख डलर जरिवाना तिर्नुपर्ने


    बुधबार, बैशाख २७ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प यौन दुर्व्यवहार सम्बन्धी मुद्दामा दोषी ठहरिएका छन् । न्युयोर्कको एक अदालतले देवानी (सिविल) मुद्दाको सुनुवाई गर्दै यौन दुर्व्यवहार सम्बन्धी मुद्दामा ट्रम्प दोषी पाइएको फैसला सुनाएको हो ।

    एक म्यागेजिनकी लेखिका ई. जीन केरलले सन् १९९० मा ट्रम्पले आफूलाई यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् । साथै उनले आफ्नो मानहानी समेत गरेको आरोप ट्रम्पमाथि लगाएकी थिइन् ।

    सोही मुद्दामा ट्रम्पलाई दोषी ठहर गर्दै उनले क्यारोललाई ५० लाख अमेरिकी डलर क्षतिपूर्ति दिनुपर्ने फैसला पनि सुनाएको बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार