काठमाडौं । आज सेयर बजारमा दोहोरो अंकले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले त्रैमासिक रुपमा आधार दरमा भएको परिवर्तन अनुसार मासिक रुपमा नै कर्जाको ब्याजदर घटाउन सक्ने व्यवस्था गरेको थियो ।
घट्दो आधार दरमा मासिक रुपमा ब्याजदर परिवर्तन गर्न पाइने भएपछि कर्जाको ब्याजदर घट्ने आशामा मंगलबार सेयर बजारमा लगानीकर्ताले सकारात्मक प्रतिक्रिया जनाएका छन् ।
अघिल्लो दिन आइतबार र सोमबार लगातार दुई दिन दोहोरो अंकले घटेको बजार परिसूचक नेप्से मंगलबार भने बढेर बन्द भएको छ । मंगलबार नेप्से १०.६६ अंकले वृद्धि हुँदा १८४४.३६ अंकमा बन्द भएको छ । नेप्सेमा वृद्धि भएपनि कारोबार रकम भने केही घटेको छ । सोमबार ८२ करोडको कारोबार भएको बजारमा मंगलबार भने ७७ करोड ४८ लाखको कारोबार भएको छ ।
मंगलबार नेप्सेमा सबै उपसूचकमा वृद्धि हुँदा बजार परिसूचक पनि बढेको हो । होटल तथा पर्यटन उपसूचक सर्वाधिक १.९६ प्रतिशतले वृद्धि हुँदा उत्पादनमुलक उपसूचक १.३६ प्रतिशत र हाइड्रोपावर उपसूचक १.०८ प्रतिशतले वृद्धि भएको छ ।
मंगलबार नेप्सेमा हिमाल दोलखा हाइड्रोपावरको सेयर सर्वाधिक ६ करोड ९६ लाखको कारोबार हुँदा शिवम् सिमेन्टको ४ करोड ४७ लाखको सेयर कारोबार भएको छ । नेप्सेमा मंगलबार कुल २१९ सूचीकृत कम्पनीको सेयर कारोबार भएकोमा १६१ कम्पनीको सेयरमूल्य वृद्धि भएको छ । ५० कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा ८ कम्पनीको सेयरमूल्य स्थिर छ । मंगलबार कारोबार भएकामध्ये पिपुल्स हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ६.३७ प्रतिशतले वृद्धि हुँदा कालिञ्चोक दर्शन लिमिटेडको सेयरमूल्य ४.६५ प्रतिशतले वृद्धि भएको छ । यस्तै सिभिल लघुवित्तको सेयरमूल्य ४.०५ प्रतिशतले वृद्धि भएको छ ।
युनिक नेपाल लघुवित्तको सेयरमूल्य सर्वाधिक ८.६८ प्रतिशतले गिरावट हुँदा सिटजन्स म्युचुअल फण्ड २ को इकाइमूल्य ४.३२ प्रतिशतले गिरावट भएको छ ।
काठमाडौं । शुक्रबार एकैदिन सुनको भाउ तोलामा ५ हजार ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला...
काठमाडौं। नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। बुधबार सुन प्रतितोला ५ हजार ४०० र चाँदी प्रतितोला ११० रुपैयाँले बढेको हो। नेपाल...
काठमाडौं। सरकारले अब हरेक दिन कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै छ। मूल्य अभिवृद्धि कर ९भ्याट० र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध भएका...
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि छलफल सुरु गरेका छन् । भर्खरै अर्थ मन्त्रालयको सुवर्ण हलमा बजेट...
काठमाडौं । नेपाल आयल निगमले उपभोक्ताहरुलाई भरी सिलिन्डर ग्याँस उपलब्ध गराउने भएको छ । अमेरिका–इरान तनावपछि निगमले २०८२ फागुन २९ गतेदेखि आधा सिलिन्डर (७.१...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend