काठमाडौँ । अघिल्लो दिन आइतबार १९ अंकले घटेको नेप्से आज दोस्रो दिन पनि पुनः १६ अंकमाथिले घट्न पुगेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक १६.९३ अंकले घट्दै १८ सय ३३.६९ अंकको विन्दुमा ओर्लिएको हो ।
यद्यपि, अघिल्लो दिनको तुलनामा आज कारोबारमा भने केही वृद्धि भएको छ । नेप्सेका अनुसार आज १६ अंकले नेप्से घट्दै गर्दा यता ८२ करोड ४२ लाख १७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
अघिल्लो दिन १९ अंकले नेप्से घट्दै गर्दा जम्मा ६० करोड ८१ लाख ३५ हजार रुपैयाँ बराबरको मात्र सेयर कारोबार भएको थियो ।
आज पनि १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे हुन पुगेको छ । होटल तथा पर्यटन समूहको उपसूचक २.४४ प्रतिशतले घटेको छ भने आज हाइड्रोपावर समूहको उपसूचक १.८९ प्रतिशतले घटेको छ ।
वीयन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य आज ८.०५ प्रतिशतले वृद्धि भएको छ भने स्टन हाइड्रोपावर लिमिटेडको सेयर मूल्य ९.९९ प्रतिशतले घट्न पुगे
को छ ।
काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन...
काठमाडौँ। हिजो तोलामा ११ हजार ७ सय रुपैयाँ घटेको सुनको भाउ आज बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ आज सुनको भाउ तोलामा ३ हजार...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
काठमाडौं । दशैं सुरु भएसंगै सुनको भाउ ओरालो लागेको छ। विगत ४ दिनमा सुनको भाउ तोलामा ८ हजार १ सय रुपैयाँ घटेको हो । आइतबार...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले दशैंलगायतका चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई एटीएमबाटै सय रुपैयाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन जारी गरेको छ। राष्ट्र बैंकको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend