काठमाडौं । नेपाल राष्ट्र बैंकले ३० अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल्स जारी गर्ने भएको छ ।
राष्ट्र बैंकले बैंकिङ प्रणालीमा तरलता अभावलाई न्यूनिकरण गर्न ३० अर्ब १८ करोड रुपैयाँ बजारमा प्रवाह गर्न लागेको हो । जसमध्ये १२ अर्ब रूपैयाँ नयाँ ट्रेजरी बिल्स जारी हुन लागेको हो ।
बैंकले २८ दिन, ९१, १८२ र ३६४ दिनको लागि ट्रेजरी बिल्स जारी गर्न लागेक हो । इच्छुक बैंक तथा वित्तीय संस्थाले अनलाइन माध्यमबाट बोलकबोल गर्न सक्नेछन् ।
राष्ट्र बैंकले २८ दिनको लागि ३ अर्ब रुपैयाँको ट्रेजरी जारी गर्न लागेको छ । जुन २०८० साल जेठ २३ गते परिपक्क हुने छ । ९१ दिनको लागि १२ अर्ब १० करोड रुपैयाँको ट्रेजरी जारी गर्न लागेको हो ।
यो ट्रेजरी २०८० साउन २३ गते परिपक्व हुनेछ । त्यस्तै, १८२ दिनको लागि ९ अर्बको जारी गर्न लागेको छ । जुन २०८० साल कार्तिक २१ गते परिपक्क हुनेछ । ३६४ दिनको लागि ६ अर्ब ४ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको छ ।
यसैगरी यो ट्रेजरी २०८१ वैशाख २५ गते परिपक्व हुनेछ ।
काठमाडौं । शुक्रबार एकैदिन सुनको भाउ तोलामा ५ हजार ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला...
काठमाडौं। नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। बुधबार सुन प्रतितोला ५ हजार ४०० र चाँदी प्रतितोला ११० रुपैयाँले बढेको हो। नेपाल...
काठमाडौं। सरकारले अब हरेक दिन कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै छ। मूल्य अभिवृद्धि कर ९भ्याट० र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध भएका...
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि छलफल सुरु गरेका छन् । भर्खरै अर्थ मन्त्रालयको सुवर्ण हलमा बजेट...
काठमाडौं । नेपाल आयल निगमले उपभोक्ताहरुलाई भरी सिलिन्डर ग्याँस उपलब्ध गराउने भएको छ । अमेरिका–इरान तनावपछि निगमले २०८२ फागुन २९ गतेदेखि आधा सिलिन्डर (७.१...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend