Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले नरुचाउने मान्छेले हल्ला फैलाए: ओली


    शनिबार, बैशाख २३ २०८०
    2.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमाले पार्टी नरुचाउने मान्छेहरूले नक्कली भुटानी शरणार्थी प्रकरणमा आरोपितलाई बचाउन खोजेको भनेर हल्ला फैलाएको बताएका छन्।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शनिबार प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष ओलीले आफूले कसैलाई बचाउन नखोजेको बताए। एमाले सचिव एवं पूर्व मन्त्री टोपबहादुर रायमाझी फरार रहेको विषयमा सञ्चारकर्मीले ओलीलाई प्रश्न गरेका थिए।

    सञ्चारकर्मीले एमाले अध्यक्ष ओलीलाई प्रश्न गरे- तपाईले आरोपितलाई बचाउनु खोज्नु भएको भन्ने हल्ला छ नि, के भन्नु हुन्छ?

    त्यसको जवाफमा अध्यक्ष ओलीले भने, “तपाईंहरूलाई विश्वास लाग्यो? केही यस्ता मान्छे छन्, जो एमालेलाई रुचाउँदैनन्। उनीहरूले हल्ला फैलाएका हुन्।”

    प्रधानमन्त्री दाहालले पनि नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धान अघि बढ्ने बताए। कसैको दबाबमा नरोकिने उनको भनाइ थियो।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार