Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ओलीसँगको भेटपछि प्रधानमन्त्री प्रचण्डले भने– म दबाबमा पर्दिन, कारबाही अघि बढ्छ


    शनिबार, बैशाख २३ २०८०
    2.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटेपछि भ्रष्टाचारीहलाई कारबाही गर्ने कुरामा सरकार दृढताकासाथ अघि बढ्ने प्रतिबद्धता जनाएका छन्। प्रचण्डले आफू कसैको दबाबमा नपर्ने र प्रक्रिया र कानूनअनुसार सरकार अगाडि बढ्ने उनले प्रतिबद्धता जनाएका हुन् ।

    शनिबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ओलीसँगको भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।

    प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारविरुद्धको सरकारको अभियान नरोकिने स्पष्ट पारे। उनले भ्रष्टाचारविरुद्धको अभियान प्रक्रिया र पद्धतिअनुसार अघि बढ्ने बताए।

    उनले दोषी नछुटाउने र निर्दोषी नफस्ने गरी काम गर्ने प्रतिबद्धता जनाए। उनले भने, ‘यो अभियान रोकिँदैन, प्रक्रिया, पद्धतिअनुसार दृढताकासाथ अघि जान्छ। दोषी कोही नछुट्न्, निर्दोष कोही नपरुन् भन्ने मान्यताबाट हामी अघि बढ्छौं। म दबाबमा पर्दिन, कारबाही अघि बढ्छ।’

    ओलीले अस्ति र आजको भेटमा पार्टीका नेता टोपबहादुर रायमाझीको विषयमा चासो राखेको प्रचण्डले स्वीकार गरे । तर, आफ्नो नेता जोगाउन नभनेको उनको आशय थियो । प्रधानमन्त्री प्रचण्डले आफू दबाबमा नपरीकन काम गर्ने बताए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार