काठमाडौँ । नेपाली बजारमा यो साता सुनको मूल्य तोलामा २ हजार ७०० रुपैयाँले बढेको छ । गत साताको शुक्रबारको तुलनामा यो साताको शुक्रबारसम्म तोलामा २७ सय रुपैयाँले सुनको मूल्य बढेको सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको हो ।
गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार १०० रुपैयाँ थियो । जुन, निरन्तर बढ्दै १ लाख ११ हजार ८०० रुपैयाँ पुगेको महासंघले जनाएको छ । यो साताको शुक्रबार भने सुनचाँदीको कारोबार भएको थिएन ।
यो साताको आइतबार सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको थियो । सोमबार २०० रुपैयाँले घटेको सुनको मूल्य मंगलबार पुनः २०० रुपैयाँले घटेको थियो । तर, बुधबार सुनको मूल्य एकै दिन तोलामा १८ सय रुपैयाँले र बिहीबार पुनः १२ सय रुपैयाँले उकालो लागेको थियो ।
यस्तै, यो साता तेजाबी सुनको मूल्य समेत तोलामा १ लाख ११ हजार २५० रुपैयाँ कायम भएको छ । यस्तै, यो साता चाँदीको मूल्य समेत तोलामा ३५ रुपैयाँले उकालो लागेको छ । गत साताको शुक्रबार १४ सय १० रुपैयाँ रहेको चाँदीको मूल्य तोलामा १४ सय ४५ रुपैयाँ पुगेको सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।
काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन...
काठमाडौँ। हिजो तोलामा ११ हजार ७ सय रुपैयाँ घटेको सुनको भाउ आज बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ आज सुनको भाउ तोलामा ३ हजार...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
काठमाडौं । दशैं सुरु भएसंगै सुनको भाउ ओरालो लागेको छ। विगत ४ दिनमा सुनको भाउ तोलामा ८ हजार १ सय रुपैयाँ घटेको हो । आइतबार...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले दशैंलगायतका चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई एटीएमबाटै सय रुपैयाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन जारी गरेको छ। राष्ट्र बैंकको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend