काठमाडौँ । नेपाली बजारमा यो साता सुनको मूल्य तोलामा २ हजार ७०० रुपैयाँले बढेको छ । गत साताको शुक्रबारको तुलनामा यो साताको शुक्रबारसम्म तोलामा २७ सय रुपैयाँले सुनको मूल्य बढेको सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको हो ।
गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार १०० रुपैयाँ थियो । जुन, निरन्तर बढ्दै १ लाख ११ हजार ८०० रुपैयाँ पुगेको महासंघले जनाएको छ । यो साताको शुक्रबार भने सुनचाँदीको कारोबार भएको थिएन ।
यो साताको आइतबार सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको थियो । सोमबार २०० रुपैयाँले घटेको सुनको मूल्य मंगलबार पुनः २०० रुपैयाँले घटेको थियो । तर, बुधबार सुनको मूल्य एकै दिन तोलामा १८ सय रुपैयाँले र बिहीबार पुनः १२ सय रुपैयाँले उकालो लागेको थियो ।
यस्तै, यो साता तेजाबी सुनको मूल्य समेत तोलामा १ लाख ११ हजार २५० रुपैयाँ कायम भएको छ । यस्तै, यो साता चाँदीको मूल्य समेत तोलामा ३५ रुपैयाँले उकालो लागेको छ । गत साताको शुक्रबार १४ सय १० रुपैयाँ रहेको चाँदीको मूल्य तोलामा १४ सय ४५ रुपैयाँ पुगेको सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।
काठमाडौं । शुक्रबार एकैदिन सुनको भाउ तोलामा ५ हजार ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला...
काठमाडौं। नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। बुधबार सुन प्रतितोला ५ हजार ४०० र चाँदी प्रतितोला ११० रुपैयाँले बढेको हो। नेपाल...
काठमाडौं। सरकारले अब हरेक दिन कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै छ। मूल्य अभिवृद्धि कर ९भ्याट० र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध भएका...
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि छलफल सुरु गरेका छन् । भर्खरै अर्थ मन्त्रालयको सुवर्ण हलमा बजेट...
काठमाडौं । नेपाल आयल निगमले उपभोक्ताहरुलाई भरी सिलिन्डर ग्याँस उपलब्ध गराउने भएको छ । अमेरिका–इरान तनावपछि निगमले २०८२ फागुन २९ गतेदेखि आधा सिलिन्डर (७.१...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend