Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • ओलीबाट प्रधानमन्त्री बन्ने अफर नआएको रवि लामिछानेको दाबी


    शुक्रबार, बैशाख २२ २०८०
    2.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई प्रधानमन्त्री बन्ने अफर नआएको दाबी गरेका छन् । आज पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकपछि पत्रकारसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

    सरकार बनाउने या ढाल्ने खेलमा नलाग्ने उल्लेख गर्दै सभापति लामिछानेले अस्थिरता हुने अवस्था आएमा भने पार्टी चुप बस्न नसक्ने स्पष्ट पारे । एमालेसँग गठबन्धन बनाउँने प्रसंगमा उनले तत्काल त्यस्तो प्रस्ताव नआएको र आफूहरु संगठन निर्माणमा लाग्ने बताए ।

    उनले भने, ‘एमाले अध्यक्षबाट प्रधानमन्त्रीको प्रस्ताव आएको भनियो तर मलाई आएको छैन र उहाँले नै भनिसक्नुभयो । अहिले एमालेसँग मिलेर विपक्षी गठबन्धन बनाउँने प्रस्ताव आएको छैन । तर अस्थिरता आउँछ भन्दैमा सरकारले बाटो बिराएर गयो, आम जनताको पक्षमका मगरेन भने राजनीतिक दलले राजनीतिक कदम चाल्नुपर्ने हुन्छ ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार