Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमालेले बोलायो सचिवालय बैठक


    शुक्रबार, बैशाख २२ २०८०
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेकपा (एमाले)ले यही वैशाख २६ गते सचिवालय बैठक बोलाएको छ।

    एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले यही वैशाख २६ गते सचिवालय बैठक बोलाइएको जानकारी दिए।

    उनका अनुसार ललितपुरस्थित पार्टी मुख्यालयमा बस्ने सचिवालय बैठकले आगामी केन्द्रीय कमिटीको बैठकको एजेन्डा तय गर्नेछ।

    ‘एमालेको केन्द्रीय कमिटी बैठक वैशाख २९, ३० र ३१ गते झापामा बस्दै छ,’ उनले सेतोपाटीसँग भने, ‘जेठ १ गते दमकमा सभाको तयारी पनि गरेको छ। यसको तयारी र एजेन्डा तय गर्न सचिवालयको बैठक बस्न लागेको हो।’

    एमालेको यो पाँचौं केन्द्रीय कमिटीको बैठक हो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार