Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राससले माग्यो पत्रकारका लागि आवेदन


    शुक्रबार, बैशाख २२ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। राष्ट्रिय समाचार समिति (रासस)ले विभिन्न पदका लागि आवेदन आव्हान गरेको छ।

    राससले आज एक सूचना जारी गर्दै पत्रकार तथा कर्मचारी माग गरेको छ । आन्तरिक, खुला तथा समावेशी प्रतिस्पर्धाद्वारा पूर्ति गर्ने गरी आवेदन आह्वान गरिएको हो ।

    पत्रकारितातर्फ ७ जना जनशक्ति माग गरिएको छ । जसमा ६ उपसम्पादक र १ सहायक समाचार छन् । त्यसैगरी, कम्प्युटर अधिकृत, वरिष्ठ सहायकमा पनि १/१ जना जनशक्ति माग गरिएको छ ।

    योग्यता पुगेका इच्छुक नेपालीले आगामी जेठ ११ गतेसम्म आवेदन दिन सक्नेछन् । लोक सेवाले सञ्चालन गर्ने परीक्षामा दोब्बर दस्तुर तिरेर पनि जेठ १८ गतेसम्म आवेदन दिन सकिने राससले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार