Nepal Face
  • आइतबार, १० साउन २०८३
  • थाइल्याण्ड पठाइदिन्छु भन्दै साढे ३ लाख ठगी, एक जना पक्राउ


    बिहिबार, बैशाख २१ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । थाइल्याण्ड पठाइदिन्छु भन्दै ठगेको आरोपमा एक जना पक्राउ परेका छन् । चितवनको बालुवा घर भइ काठमाडौंको टोखा बस्ने नन्दलाल महतोलाई प्रहरीले पक्राउ गरेको हो ।

    उनले भीमबहादुर बुढालाई वैदेशिक रोजगारीको लागि थाइल्याण्ड पठाईदिन्छु भन्दै साढे ३ लाख रुपैयाँ ठगेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बताएको छ ।

    उनले थाइल्याण्ड जानका लागि साढे ३ लाख रुपैयाँ लाग्छ र थाइल्याण्डमा मासिक १ लाख भन्दा बढी तलव हुन् भन्ने प्रलोभन देखाइ बुढासँगबाट साढे ३ लाख रुपैयाँ ठगेर वेपत्ता भएको भन्दै वैदेशिक रोजगार विभागमा उजुरी परेको थियो ।

    सोही उजुरीका आधारमा पक्राउ परेका उनलाई कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार