Nepal Face
  • आइतबार, १६ कार्तिक २०८३
  • गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत


    बिहिबार, बैशाख २१ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज विश्वासको मत पाएका छन्।

    प्रदेश सभाको बिहीबार बसेको बैठकमा उनले पेश गरेको विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको हो।

    मुख्यमन्त्री पाण्डेलाई नेपाली कांग्रेसका २७, माओवादी केन्द्रका ७ र नेकपा एकीकृत समाजवादीका १ जना गरी ३५ जना सांसदले विश्वासको मत दिएका थिए।

    उनको विपक्षमा नेकपा एमालेका २२ सांसदले मत दिएका थिए भने राप्रपाका २ जना सांसद तटस्थ बसेका थिए।

    ६० जना सदस्य रहेको गण्डकी प्रदेश सभामा बहुमत जुटाउन ३१ जना सांसदको समर्थन चाहिन्छ।

    गण्डकीमा नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको समर्थनमा पाण्डे मुख्यमन्त्री बनेका थिए।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार