Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेप्से सूचक दोहोरो अंकले बढ्यो


    बिहिबार, बैशाख २१ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । आज साताको अन्तिम कारोबार दिन बिहीबार लामो समयको अन्तरालपछि नेप्से सूचक १२ अंकमाथिले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक १२.७३ अंकले बढ्दै १८ सय ६९.७३ अंकको विन्दुमा उक्लिएको हो ।

    यद्यपि, नेप्से सूचक बढ्दै गर्दा यता कारोबार भने बढ्न सकेन । १२ अंकमाथिले नेप्से बढेको यस दिन जम्मा ७३ करोड २६ लाख ८९ हजार रुपैयाँ बराबरको २५ लाख ३३ हजार कित्ता बराबरको मात्र सेयर कारोबार भएको छ ।

    आज १३ वटा उपसूचक नै धनात्मक हुँदै बजारमा हरियाली छाएको छ । आज नबिल ग्रोथ फन्ड र लक्ष्मी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य क्रमशः ९.८६ प्रतिशत र ९.१६ प्रतिशतले बढेका छन् भने एनएमबी डी८७/८८ डिभेन्चर फन्डको मूल्य ५.८५ प्रतिशतले घट्न पुगेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार