Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • गगन थापाले भने- शरणार्थी प्रकरणमा ठगी गर्ने कोही नछुटुन्


    बिहिबार, बैशाख २१ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउनेहरुलाई कानुनी कारबाही गर्नुपर्ने र यस प्रकरणमा कोही छुट्न नहुने बताएका छन् ।

    यस प्रकरणमा जोडिएकाहरू धमाधम पक्राउ परिरहेका बेला थापाले सामाजिक सञ्जाजमार्फत यस्तो धारणा राखेका हुन् । उनले ‘यो घटना होइन प्रवृत्ति हो।’ भनेका छन्।

    पूर्व गृहमन्त्रीहरु, गृह सचिव, अख्तियार प्रमुखलगायत प्रहरीको अनुसन्धानको दायरमा परे पछि थापाले ‘ठगि गिरोहको भिआइपी जालो’ उजागर हुँदै जानु गृह प्रशासनको प्रयास प्रशंसनीय भएको बताएका हुन्।

    ‘अझै गहिरोसँग अनुसन्धान होस्।कोही नछुटुन्। संलग्न जोसुकै,जुनसुकै ओहदा र शक्तिको होस्,कानुन भन्दा माथि कोही हुँदैन’, उनले लेखेका छन्।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार