Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सुनको मूल्यले फेरि तोड्यो रेकर्ड, इतिहासकै उच्च विन्दुमा


    बिहिबार, बैशाख २१ २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं : नेपाली बजारमा सुनको मूल्यले फेरि रेकर्ड तोड्दै इतिहासकै उच्च विन्दुमा कायम भएको छ।

    अघिल्लो दिन बुधबारको तुलनामा बिहीबार १२ सय रुपैयाँले बढेसँगै सुनको मूल्यमा अहिलेसम्मकै उच्च भएर कीर्तिमान कायम गरेको हो।

    बिहीबार छापावाल सुनको मूल्य तोलाको ११ हजार ८ सय रुपैयाँ कायम हुँदा तेजाबी सुनको मूल्य पनि १ लाख ११ हजार २५० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    यसअघि चैत २२ गते सुनको मूल्य सबैभन्दा बढि १ लाख ११ हजार रुपैयाँ पुगेको थियो।

    महासंघका अनुसार आज चाँदीको मूल्य मात्रै २० रुपैयाँले वृद्धि भएर तोलाको १ हजार४४५ रुपैयाँ भएको हो।

    यसअघि वैशाख २ र ३ गते चाँदीको मूल्य १ हजार ४५० रुपैयाँ प्रतितोला पुगेको महासंघले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार