Nepal Face
  • आइतबार, १० साउन २०८३
  • माधव नेपालको गुनासो- प्रचण्डले धोका दिन थाले यसमा दुःखी छौँ


    बुधबार, बैशाख २० २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं। पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनको पार्टी माओवादी केन्द्रको व्यवहारले आफुहरु दुःखी भएको बताएका छन्।

    आज बिहान सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले माओवादीले पीडा दिएको र त्यसले आफुलाई मर्माहित बनाएको भन्दै धेरै सहेर बस्ने अवस्था नहुने पनि बताए। उनले भने, ‘हामी गठबन्धन टिकाउन हरेक प्रयास गरिरहेका छौं’ उनले भने,‘गठबन्धन टिकाउने क्षमता, खुबी र हिस्सेदारी हामीसँग छ। तर, हामीलाई नै पीडा दिन थालेपछी मर्माहत भएका छौं।’

    उनले केन्द्रमा जस्तै कर्णालीमा पनि आफ्नो पार्टीलाई पूरै बेवास्ता गरिएको भन्दै माओवादीको व्यवहारप्रति आपत्ति जनाए। कर्णालीमा माओवादीले गरेको व्यवहार आफूहरुलाई स्वीकार्य नहुने अध्यक्ष नेपालको भनाई थियो। उनले भने, ‘प्रचण्ड जीलाई भन्न चाहान्छु, तपाईंहरुले जसरी हामीलाई बेवास्ता गरेर सरकारमा एकलौटी गर्नुभएको छ, यो हामीलाई स्वीकार्य छैन। यस्तै हो भने हामी सोंच्न बाध्य हुन्छौं।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार