Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कम्बोडिया पठाइदिन्छु भन्दै ७ लाख ठगी, एक जना समातिए


    मंगलबार, बैशाख १९ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । कम्बोडिया पठाइदिन्छु भन्दै ७ लाख रुपैयाँ ठगेको आरोपमा एक जना समातिएका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनको टोलीले चितवनको लालपुर घर भइ भक्तपुरको जगाते बस्ने राजु श्रेष्ठलाई पक्राउ गरेको हो ।

    श्रेष्ठले १ लाख रुपैयाँ मासिक तलब हुने गरी सेक्युरिटी गार्डमा काम गर्न कम्बोडिया पठाइदिन्छु भन्दै बिजु कार्कीसँगबाट ७ लाख रुपैयाँ लिएर फरार रहेको भन्दै वैदेशिक रोजगार विभागमा उजुरी परेको थियो ।

    त्यसपछि विभागले श्रेष्ठलाई पक्राउ गर्न वैदेशिक रोजगार विभागले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलाई आग्रह गरेको थियो । पक्राउ परेका श्रेष्ठलाई कारबाही गर्न विभागमा पठाएको प्रहरीले बताएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार