Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर २.१६ प्रतिशत ,जीडीपी ५३ खर्ब ८१ अर्ब


    मंगलबार, बैशाख १९ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) ५३ खर्ब ८१ अर्ब पुग्ने अनुमान राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको छ । देशको अर्थतन्त्रको आकार भनेर चिनिने जीडीपी यसअघि ४८ खर्ब हाराहारी थियो ।

    आज मंगलबार राष्ट्रिय लेखा तथ्यांक सार्वजनिक गर्दै कार्यालयले नेपालको आर्थिक वृद्धिदर यो वर्ष २.१६ प्रतिशत हुने प्रारम्भिक अनुमान गरेको छ ।

    कार्यालयले चालू आवमा नेपालको आर्थिक वृद्धिदर उपभोक्ता मूल्यमा १.८६ प्रतिशत र आधारभूत मूल्यमा २.१६ प्रतिशत हुने प्रारम्भिक अनुमान सार्वजनिक गरेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार