Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • एसिसी प्रिमियर कप फाइनल: युएईले नेपाललाई दियो ११८ रनको लक्ष्य


    मंगलबार, बैशाख १९ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । एसिसी प्रिमियर कपको फाइनल खेलमा संयुक्त अरब इमिरेट्स (युएई) ले नेपाललाई ११८ रनको लक्ष्य दिएको छ ।

    काठमाडौंको किर्तिपुरस्थित जारी खेलमा टस जितेर फिल्डिङ रोजेर पहिले ब्याटिङ गरेको युएईले २७.३ ओभरमा ९ विकेटको क्षतिमा १०६ रन जोड्दा खेल वर्षाका कारण सोमबार स्थगित भएको थियो ।

    सोमबार खेल स्थगित भएपछि आज २७.३ ओभरबाटै खेल सुचारु भएको हो । युएईले ३३.१ ओभरमा ११७ रनमा अलआउट भएको हो । सोमबार युएईका लागि आसिफ खानले सबैभन्दा बढी ४६ रन जोडे । नेपालका लागि सातौं विकेट सन्दीप लामिछानेले दिलाएका थिए ।

    उनले युएईका आयन खानलाई ५ रनमा कुशल मल्लबाट क्याच गराए भने युएईले २५.४ ओभरमा ७ विकेट गुमाउँदा १०३ रन जोडेको हो ।

    रोहान मुस्ताफालाई २ रनमा सन्दीपले आउट गरे । सोमपाल कामी, ललितनारायण राजवंशी र गुल्सन झा ले एक एक विकेट लिंदा सन्दीप र करण केसीले २÷२ विकेट लिइसकेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार