Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको भाउ


    मंगलबार, बैशाख १९ २०८०
    2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको भाउ घटेर आएको छ । इन्डियन आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको घटेको मूल्य पठाएको हो ।

    निगमका अनुसार पेट्रोल लिटरमा चार रुपियाँ ३३ पैसा तथा डिजेलमा चार रुपियाँ ११ पैसा मूल्य घटेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेका कारण आईओसीले पनि नयाँ मूल्य घटाएर पठाएको निगमले बताएको छ ।

    डिजेल, पेट्रोलको मूल्य घटेर आए पनि नेपालमा बिक्री मूल्य घटाउनेबारे निगम कुनै निर्णय लिइसकेको छैन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार