Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • १६ नयाँ ब्रोकरलाई धितोपत्र बोर्डले दियो आशयपत्र (सूचीसहित)


    सोमबार, बैशाख १८ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। नेपाल धितोपत्र बोर्डले १६ वटा ब्रोकर कम्पनीलाई आशयपत्र (एलोआई) दिने निर्णय गरेको छ ।

    आज (सोमबार) बिहान बसेको बोर्डको संचालक समितिले आवेदन दिएका मध्ये १६ वटा कम्पनीलाई आशयपत्र दिने निर्णय गरेको हो । यससँगै अब यी कम्पनीले बोर्डले तोकेको मापदण्ड पुर्याई पूर्वाधार तयार पारेपछि ब्रोकर लाईसेन्स पाउने छन् ।

    एलओआई पाउनेमा स्टक डिलरको रुपमा आवेदन दिएको नबिल सेक्युरिटिज र पूर्ण कार्य गर्ने धितोपत्र दलालको लागि आवेदन दिएको मेघा स्टक मार्केट रहेको छ । बाँकि १४ वटा भने सिमित कार्य गर्ने ब्रोकर कम्पनी रहेका छन् ।

    यस्तो छ सूची:

    १. नबिल सेक्युरिटिज – धितोपत्र ब्यापारी

    २. मेघा स्टक मार्केट – पूर्ण कार्य गर्ने धितोपत्र दलाल

    ३. हिमालयन ब्रोकेज कम्पनी – सिमित कार्य गर्ने धितोपत्र दलाल

    ४. सीबिआईएल सेक्युरिटिज – सिमित कार्य गर्ने धितोपत्र दलाल

    ५. केबीएल सेक्युरिटिज – सिमित कार्य गर्ने धितोपत्र दलाल

    ६. एनएमबि सेक्युरिटिज – सिमित कार्य गर्ने धितोपत्र दलाल

    ७. आरविवि सेक्युरिटिज – सिमित कार्य गर्ने धितोपत्र दलाल

    ८. सानिमा सेक्युरिटिज – सिमित कार्य गर्ने धितोपत्र दलाल

    ९. इन्डेक्स सेक्युरिटिज – सिमित कार्य गर्ने धितोपत्र दलाल

    १०. सन् सेक्युरिटिज – सिमित कार्य गर्ने धितोपत्र दलाल

    ११. क्यापिटल म्याक्स सेक्युरिटिज – सिमित कार्य गर्ने धितोपत्र दलाल

    १२. भोले गणेश सेक्युरिटिज – सिमित कार्य गर्ने धितोपत्र दलाल

    १३. इन्फिनिटी सेक्युरिटिज – सिमित कार्य गर्ने धितोपत्र दलाल

    १४. आकाश भैरव सेक्युरिटिज – सिमित कार्य गर्ने धितोपत्र दलाल

    १५. एलिट स्टक हाउस – सिमित कार्य गर्ने धितोपत्र दलाल

    १६. एसपीएसएस सेक्युरिटिज – सिमित कार्य गर्ने धितोपत्र दलाल

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार