काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोशी प्रदेशको नामकरणको आन्दोलनमा सत्तारुढ दल सहभागी नभएको बताएका छन् । चितवनमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।
उनले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली लक्षित आक्रमणमा सत्तारुढ दलको संलग्नता नरहेको स्पष्ट पारेका छन् । एमाले अध्यक्ष ओलीले प्रदर्शनमा पूर्वराजपरिवारमा आस्था राख्ने मानिसहरू रहेको बताउने गरेको भन्दै प्रधानमन्त्री प्रचण्डले त्यो निकै संवेदनशील विषय भएको बताए । ओलीमाथिको आक्रमण प्रयासलाई सरकारले गम्भीरतापूर्वक लिएको पनि उनको भनाइ छ ।
‘केपी ओलीजी पूर्व जाँदा केही आक्रमणको प्रयास भएको बुझियो, त्यसलाई सरकारले गम्भीरतापूर्वक लिएको छ, त्यसमा कोशी प्रदेश नामकरणसँग असहमति राख्नेहरू छन् तर सत्तारूढ दलको संस्थागत विरोध भन्ने कुरा चाहिँ विल्कुलै होइन। त्यो झुटो कुरा हो,’ प्रचण्डले भने, ‘तर, एमाले अध्यक्ष ओलीले प्रदर्शनमा पूर्वराजपरिवारमा आस्था राख्ने मानिसहरू रहेको गर्नुभएको छ, त्यो चाहिँ निकै संवेदनशील विषय हो ।’
प्रधानमन्त्री प्रचण्डले आफ्नो सरकार पाँचै वर्ष टिक्ने दाबी गर्दै हल्लाको पछि नलाग्न आग्रह गरे ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend