Nepal Face
  • शनिबार, १५ कार्तिक २०८३
  • प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै कानुन व्यवसायीले प्रदर्शन गर्दै


    आइतबार, बैशाख १७ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै आजबाट विरोध प्रदर्शन सुरु गर्ने भएका छन् । नेपाल बार एशोसिएसनको नेतृत्वमा हुने विरोध कार्यक्रम आज आइतबारबाट एक हप्तासम्म चल्ने छ।

    एशोसिएसनले यसअघि पत्रकार सम्मेलन गरेर र त्यसको भोलिपल्ट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर प्रधानन्यायाधीश छिटो नियुक्त गर्न ध्यानाकर्षण गराएको थियो ।

    लगत्तै प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर संवैधानिक परिषदको बैठक आह्वान गरेका थिए । तर बैठकमा सहमति नजुटेपछि थप न्यायाधीश सिफारिस हुन सकेको थिएन ।

    प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संवैधानिक परिषदमा अध्यक्षको असहमतिका बाबजुद बहुमतले निर्णय गर्नसक्ने प्रावधान राख्नुपर्ने अडान लिएपछि संवैधानिक परिषदसम्बन्धी विधेयक संसदबाट पास हुन नसक्दा न्यायाधीश नियुक्तिमा पनि विलम्ब भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार