काठमाडौं। नेपाली बजारमा यो साता पनि सुनको मूल्यमा उतारचढाव देखिएको छ। साताको पहिलो दिन तोलामा ९०० रुपैयाँ घटेर १ लाख ९ हजार ३०० रुपैयाँ कायम भएको सुनको भाउ क्रमश घटबढ हुँदै हिजो शुक्रबार १ लाख ९ हजार १०० रुपैयाँ तोकियो। अर्थात् समग्रमा साताभर सुनको मूल्य तोलामा २०० रुपैयाँ घटेको छ।
सातामा सुनको भाउ सबैभन्दा बढी हुँदा तोलाको १ लाख ९ हजार ७०० रुपैयाँ कायम भयो भने सबैभन्दा कम हुँदा तोलाको १ लाख ९ हजार १०० तोकियो।
साताको पहिलो दिन घटेको सुनको भाउले दोस्रो दिन पनि निरन्तरता पायो। उक्त दिन सुनको भाउ तोलामा २०० रुपैयाँले घटेर १ लाख ९ हजार १०० रुपैयाँ कायम भयो।
मंगलबार भने सुनको भाउ तोलामा ४०० रुपैयाँ बढेर १ लाख ९ हजार ५०० रुपैयाँ तोकियो। त्यसको भोलिपल्ट (बुधबार) पनि सुनको भाउमा वृद्धि रोकिएन। उक्त दिन सुनको भाउ तोलामा २०० रुपैयाँ बढ्दा १ लाख ९ हजार ७०० रुपैयाँमा कारोबार भयो।
बिहीबार भने सुनको भाउ तोलामा १०० रुपैयाँ घटेर १ लाख ९ हजार ६०० रुपैयाँ कायम भयो। सुनको भाउ घट्ने क्रम शुक्रवार पनि कायमै रह्यो। उक्त दिन सुनको भाउ तोलामा ५०० रुपैयाँ घट्यो।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज शनिबार सुन-चाँदीको मूल्य तोक्ने गरेको छैन। यसदिन भने शुक्रबारकै मूल्यमा सुनचाँदीको कारोबार हुने गरेको महासंघले जनाएको छ।
काठमाडौं । शुक्रबार एकैदिन सुनको भाउ तोलामा ५ हजार ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला...
काठमाडौं। नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। बुधबार सुन प्रतितोला ५ हजार ४०० र चाँदी प्रतितोला ११० रुपैयाँले बढेको हो। नेपाल...
काठमाडौं। सरकारले अब हरेक दिन कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै छ। मूल्य अभिवृद्धि कर ९भ्याट० र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध भएका...
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि छलफल सुरु गरेका छन् । भर्खरै अर्थ मन्त्रालयको सुवर्ण हलमा बजेट...
काठमाडौं । नेपाल आयल निगमले उपभोक्ताहरुलाई भरी सिलिन्डर ग्याँस उपलब्ध गराउने भएको छ । अमेरिका–इरान तनावपछि निगमले २०८२ फागुन २९ गतेदेखि आधा सिलिन्डर (७.१...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend