Nepal Face
  • आइतबार, १० साउन २०८३
  • महावीर पुनको आक्रोश: सांसदहरूले काम नगरे ढ्यांग्रो ठोक्दै लखेट्छौं


    शनिबार, बैशाख १६ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक महावीर पुनले सांसदहरूले काम नगरे ढ्यांग्रो ठोक्दै लखेट्ने भन्दै चेतावनीका साथ आक्रोश पोखेका छन्।

    हिजो शुक्रबारदेखि अनुसन्धान, नवप्रवर्तन र आविष्कारका निमित्त सरकार गम्भीर नभएको भन्दै आन्दोलन सुरू गरेका उनले नेताहरूले नीति निर्माणको काम नगरे ढ्यांग्रो ठोक्दै लखेट्ने चेतावनी दिएका हुन्।

    उनले सांसदहरूले खादा, माला र भाषण गर्न, उद्घाटन गर्न समय मिल्ने तर कानून बनाउन समय नमिल्ने हो? भन्ने प्रश्न गर्दै सांसदहरूले कानून बनाएर देश विकासमा लाग्नुको विकल्प नरहेको बताए।

    उनले अरू हेर्ने विभाग भए पनि अनुसन्धान आविष्कार नवप्रवर्तन गर्ने विभाग नभएको भन्दै उनले आफ्ना माग पूरा नभएसम्म धर्ना जारी रहने बताए।

    उनले सबै नेताहरू आफ्नो भाषण सुन्न धर्नास्थल पुग्नुपर्ने र त्यो नसके संसदमा आफूलाई बोल्ने व्यवस्था गरिदिन आग्रह गरे। उनले नेताहरूले बोलेर मात्रै नहुने भन्दै बोलेर कदम चाल्ने नेताको खाँचो रहेको बताए।

    पुनले आफ्नो आन्दोलन सबै सानातिना आन्दोलनहरू पूरा गर्नको लागि अर्थतन्त्र सुधार्ने जनआन्दोलन भएको समेत दाबी गरे ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार