Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राजेन्द्र लिङ्देन भन्छन्- राष्ट्रपतिको वैदेशिक उपचार यात्रा अस्वभाविक र महंगो


    शुक्रबार, बैशाख १५ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रपति उपचारका लागि विदेश जानु अस्वभाविक भएको बताएका छन् ।

    प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै राप्रपा अध्यक्ष लिङ्देनले राष्ट्रपति रामचन्द्र पौडेल उपचारका लागि भारत गएको विषयमा प्रश्न उठाएका हुन् ।

    अहिले राजश्वले चालु खर्च समेत धान्न नसकेको भन्दै उनले भने, ‘यस्तो बेला राष्ट्रपतिको अस्वभाविक र महंगो वैदेशिक उपचार यात्रा र अयोग्य लडाकूलाई रकम वितरण सत्ता दुरुपयोगको चरम नमुना हो ।’

    अयोग्य लडाकूलाई स्वास्थ्य उपचारमा सहुलियत दिनुका साथै शीप सिकाउनुपर्ने उनले बताए । स्वास्थ्य उपचारमा पनि एउटा नीति बनाउने बेला आएको लिङ्देनले बताए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार