Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रुसले आज बिहान गरेको आक्रमणमा १२ युक्रेनी मारिए


    शुक्रबार, बैशाख १५ २०८०
    1.7K
    Shares
    TOPSHOT - Ukrainian service members look for and collect unexploded shells after a fighting with Russian raiding group in the Ukrainian capital of Kyiv in the morning of February 26, 2022, according to Ukrainian service personnel at the scene. - Ukrainian soldiers repulsed a Russian attack in the capital, the military said on February 26 after a defiant President Volodymyr Zelensky vowed his pro-Western country would not be bowed by Moscow. It started the third day since Russian leader Vladimir Putin unleashed a full-scale invasion that has killed dozens of people, forced more than 50,000 to flee Ukraine in just 48 hours and sparked fears of a wider conflict in Europe. (Photo by Sergei SUPINSKY / AFP)
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडाैं । रुसले आज शुक्रबार बिहान युक्रेनका विभिन्न शहरमा गरेको क्षेप्यास्त्र तथा ड्रोन आक्रमणमा कम्तीमा १२ जना युक्रेनी मारिएका छन् ।

    ‘सुतिरहेका निर्दोष युक्रेनीहरूलाई क्षेप्यास्त्र प्रहार गरी मारेर रुसले शान्ति पहलमा प्रतिक्रिया दिएको छ,’ युक्रेनका परराष्ट्रमन्त्री दिमित्रो कुलेबाले ट्वीट गरी बताए ।

    रुसले गत जाडो महिनामा युक्रेनका शहर र पूर्वाधारमा लगातार बम आक्रमण गरेको भए पनि यी आक्रमणहरू हालैका महिनामा भएका थिएनन् ।

    राजधानी किएभमा क्षेप्यास्त्र आक्रमण नगरिएको ५० दिन भइसकेको थियो ।
    युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले पछिल्लो आक्रमणको निन्दा गरेका छन् र रुसी आतंकको जवाफ फर्काउने बताएका छन् ।

    अहिले रुसी र युक्रेनी सैनिकहरूबीच बाखमुत शहरमा लडाइँ चलिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार