Nepal Face
  • आइतबार, १० साउन २०८३
  • संसदमा स्वर्णिम वाग्लेको माग: पृथ्वी राजमार्ग विस्तार गर्दा घाँसीकुवाको व्यवस्थापन गर्नुपर्छ


    शुक्रबार, बैशाख १५ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट हालै भएको उपनिर्वाचनबाट तनहुँ- १ मा निर्वाचित सांसद स्वर्णिम वाग्लेले पृथ्वीराजमार्ग विस्तार आवश्यक भए पनि यसले सर्वसाधारण जनताको दैनिकीमा असुविधा ल्याएको बताएका छन्।

    आज प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै सांसद वाग्लेले पृथ्वी राजमार्ग घुलाम्मे रहेको पनि बताए।

    ‘जनस्वास्थ्यका दृष्टिले घुलाम्मे सडक र राइट अफ वे स्थापित गर्दा घाँसीकुवालगायत ऐतिहासित तथा पुरात्तात्विक महत्वका संरचनाहरूको उचित व्यवस्थापन गर्नुपर्ने म देख्दछु,’ वाग्लेले भने।

    सांसद वाग्लेले आज मात्र सांसदको शपथ लिएका थिए। उनले वैशाख १० को उपनिर्वाचनमा भारी मत र मतान्तरसहित विजयी गराएकोमा तनहुँ क्षेत्र नम्बर १ का मतदातालाई धन्यवाद पनि दिएका थिए।

    ‘मतदाताको स्नेह, विश्वास र भरोसालाई म डगमगाउन दिने छैन,’ उनले भने।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार