Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आज मध्यरातबाट संसदको हिउँदे अधिवेशन अन्त्य हुँदै


    शुक्रबार, बैशाख १५ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले प्रतिनिधिसभाको हिउँदे अधिवेशन आज शुक्रबार अन्त्य गर्ने भएको छ। संसद सचिवालय स्रोतको अनुसार अहिले केहीबेरमा बस्ने बैठक नै हिउँदे अधिवेशनको अन्तिम बैठक हुनेछ ।

    आजको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले अन्मिनको प्रमाणीकरणमा अयोग्य ठहर भएका लडाकूहरुलाई रकम दिने विषयमा सरकारको ध्यानाकर्षण गराउने तयारी छ ।

    त्यसमा सरकारले जवाफ दिनेछ । सभामुखले १० वटा विषयगत समितिमा रहने सदस्यहरु पनि जानकारी गराउने कार्यसूची छ ।

    तर संक्रमणकालीन न्यायसम्बन्धी विधेयक टुंगो लगाउन विशेष समिति भने नबन्ने भएको छ । प्रमुख तीन दलबीच केही दिन पहिले विशेष समिति बनाउने सहमति भएको थियो । तर प्रमुख प्रतिपक्षी एमालेले अहिले तयार नभएकाले आजको बैठकले समिति नबनाउने सत्तारुढ दलका एक सांसदले बताए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार