Nepal Face
  • शुक्रबार, २१ कार्तिक २०८३
  • बागमती प्रदेशमा एसपीसहित ९० जनालाई कोरोना संक्रमण


    बुधबार, भाद्र १७ २०७७
    1000
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । बागमती प्रदेशमा प्रहरी उपरीक्षक (एसपी)सहित ९० जनालाई कोरोना संक्रमण भएको छ । मंगलबार साँझसम्म ९० जना पुगेको प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जानकारी दिएको छ ।

    मकवानपुरमा कार्यरत प्रहरीलाई प्रदेशभरि सबैभन्दा धेरै कोरोना संक्रमण पुष्टि भएको कार्यालयले जनाएको छ । मकवानपुरमा हालसम्म ४९ जना प्रहरीलाई संक्रमण पुष्टि भएको छ ।

    प्रहरी उपरीक्षकदेखि इन्स्पेक्टर, प्रहरी सहायक निरीक्षक ७ जना, प्रहरी हवल्दार २२ जना, प्रहरी जवान ५४ जनामा कोरोना देखिएको छ ।

    २ जना कार्यालय सहयोगीलगायतका कर्मचारी गरी ९० जनालाई कोरोना संक्रमण पुष्टि भएको प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक वसन्तकुमार लामाले जानकारी दिएका छन् ।

    मकवानपुरका ४९ सहितचितवनका ८, धादिङका १, काभ्रेमा २२, सिन्धुपाल्चोकका १, दोलखाका २, सिन्धुलीका ७ जना प्रहरीलाई हालसम्म संक्रमण पुष्टि भएको प्रहरी प्रमुख लामाले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार