Nepal Face
  • शनिबार, १५ कार्तिक २०८३
  • आज तेस्रो पटक विश्वासको मत लिँदै कर्णालीका मुख्यमन्त्री


    शुक्रबार, बैशाख १५ २०८०
    1.1K
    Shares
    d'VodGqL zdf{ k|:tfj k|:t't ub}{ ;'v]{t ^ df3 M s0ff{nL k|b]z;efsf] z'qmaf/ a;]sf] a}7sdf ljZjf;sf] dtsf nflu k|:tfj k|:t't ub}{ s0ff{nL k|b]zsf d'VodGqL /fhs'df/ zdf{ . tl:a/M ;'/]z cfrfo{÷/f;;
    नेपाल फेस
  • १ मिनेट पाठ
  • सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज सांसदबाट तेस्रो पटक विश्वासको मत लिने तयारी गरेका छन् ।

    शर्माले यसअघि दुई पटक विश्वासको मत लिइसकेका छन् । २७ चैत्रमा नेकपा एमालेले समर्थन फिर्ता लिएसँगै तेस्रो पटक विश्वासको मत लिन लागेका हुन् ।

    २७ पुसमा मुख्यमन्त्री नियुक्त भएका शर्माले ६ माघमा पहिलो पटक सांसदबाट विश्वासको मत लिएका थिए ।

    राप्रपाले समर्थन फिर्ता लिएपछि १७ चैत्रमा दोस्रो पटक विश्वासको मत लिएका थिए । त्यो बेला उनले राप्रपा बाहेकका सबै दल र सांसदको मत पाएका थिए ।

    एमालेले समर्थन फिर्ता लिएसँगै अघिल्लो बिहीबार कांग्रेससहितको नयाँ सरकारले पूर्णता पाएको छ ।

    आज दिउँसो तीन बजे बस्ने प्रदेश सभाको बैठकमा शर्माले विश्वासको मत लिने तयारी रहेको बताइएको छ । साथै आज नै संसदीय समितिहरूले समेत पूर्णता पाउने प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार