Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ५ सय भन्दा बढी संक्रमित भेटिएका जिल्लामा निषेधाज्ञा हुने


    बुधबार, भाद्र १७ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैँ । सरकारले ५ सय भन्दाबढी कोरोनाभाइरसको सक्रिय संक्रमित भेटिएमा जिल्लामा निषेधाज्ञा गर्ने भएको छ । ५ सय भन्दा बढी संक्रमित रहेका जिल्लामा निषेधाज्ञा र २ सय भन्दा बढी संक्रमित रहेका जिल्लामा बन्दाबन्दी गर्न जिल्ला प्रशासन कार्यालयहरुलाई अनुरोध गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए। 

    हालसम्म ५०० भन्दा बढि सक्रिय संक्रमित भएका जिल्ला १२ वटा छन् । यस्तै दुई सयदेखि पाँच सय सक्रिय संक्रमित भएका जिल्ला १९ वटा छन् । यस्तै भौतिक रुपमा सहभागी भएर सोह्र श्राद्ध गर्दा संक्रमण हुन सक्ने भएकाले प्रविधिको प्रयोग गरेर श्राद्ध गर्न गौतमले आग्रह गरे ।

    भौतिक रुपमा सहभागी भएर श्राद्ध गर्नुपर्ने अवस्थामा भने २ मिटरको दुरी भौतिक कायम गर्न तथा मास्क अनिवार्य लगाउन उनले सुझाव दिए ।  यसैबीच काठमाडौं उपत्यकामा निषेधाज्ञाको अवधि भदौ २४ गतेसम्म  बढाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार