Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पोर्चुगल पठाइदिने भन्दै लाखौं ठगी, एक जना पक्राउ


    बिहिबार, बैशाख १४ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । पोर्चुगल पठाइदिने भन्दै लाखौं ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । कैलालीको टिकापुर नगरपालिका घर भई ललितपुरको टीकाथली बस्ने कृतकबहादुर साउदलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो ।

    उनले वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाइदिन्छु र त्यहाँ पुगेपछि मासिक २ लाख रुपैयाँ तलब हुने प्रलोभन दिएर पीडितबाट १३ लाख ९२ हजार लिएको पाइएको प्रहरीले बताएको छ ।

    साउदले पोर्चुगल पठाइदिन्छु भनी अजरबैजानसम्म पुर्‍याएर अलपत्र पारी फरार भएको र खोजी गर्दा हिजो काठमाडौंको सिनामंगलबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनलाई अनुसन्धानका लागि प्रहरीले वैदेशिक रोजगार विभाग वुद्धनगरमा पठाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार