म्याग्दी। भलिबल खेलमा भएको विवादमा हत्या गरी फरार रहेका ५ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा म्याग्दी मालिका गा.पा.वडा नं.०४ का बर्ष २७ को दल प्रसाद पुन, बर्ष २९ को तिर्थेन्द्र घर्ती मगर, बर्ष ३३ को जिवन घर्ती मगर, बर्ष २६ को दुर्गा बहादुर घर्ती र बर्ष २८ को बलमान घर्ती रहेका छन्।
जिल्ला प्रहरी कार्यालय, म्याग्दीबाट डिएसपी किरण कुँवरकाे नेतृत्वमा खटिएको बिशेष टोलीले उनीहरूलाइ पक्राउ गरेकाे हाे। डिएसपी कुँवरका अनुसार पोखराका विभिन्न स्थानहरुमा भिन्न भिन्न आवरणमा लुकिछिपि बसिरहेको अवस्थामा फेला पारी मंगलबार पक्राउ गरिएकाे हाे।
उनले भने,’ सबै जनालाइ पक्राउ गरी जिल्ला अदालत म्याग्दीमा बुझाईएको रदालतको आदेशले मिति बुधबार कैद भुक्तानको लागि जिल्ला कारागार म्याग्दीमा पठाईएको छ।’
मिति २०६६ फागुन ११ गते म्याग्दी ओखरबोट-०३ चिउरीबोट भन्ने स्थानमा महाशिव रात्रीको अवसरमा दार्जिङखोला युवा क्लव ओखरबोट म्याग्दीले आयोजना गरेको भलिबल खेल हारेपछी जिल्ला बागलुङ तमान गा.बि.स.वडा नं.०८ बस्ने बर्ष २१ को नारायण छन्त्याललाई कर्तब्य गरि मारेको अपराध सम्बन्धमा जिल्ला अदालतबाट जनही २० बर्ष कैद (जन्मकैद) को सजायँ भई उनीहरू फरार रहेका थिए।
जिल्ला प्रहरी कार्यालय, म्याग्दीले फरार पक्राउ अभियान अन्तर्गत पछिल्लो २ महिनाको अवधिमा १९ जनालाई पक्राउ गरी अदालतको फैसलालाई प्रभावकारी कार्यान्वयन गर्दै आईरहेको छ ।